विश्वभर अन्धोपन हटाउन रुइत र कोहलीबीच सहकार्य



न्यज अफ नेपाल ,काठमाडौं ।

मोतिबिन्दुबाट हुने अन्धोपन हटाउन  नेपालका डा. सन्दुक रुइत र भारतका तेज कोहलीबीच  सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा‍.सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ । यो फाउन्डेसनले १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएको छ ।

 नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरिया लगायतका मुलुकमा अन्धोपन हटाउन काम गरिने भएको छ । मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ । फाउन्डेसनले सन् २०२६ भित्रै चारलाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्