सभामुख सापकोटाविरूद्धको मुद्दा संवैधानिक इजलासमा



न्युज अफ नेपाल काठमाडौं ।

सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासमा हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

नियमित पेसीमा चढे पनि यो मुद्दा आजै सुनुवाइ हुने नहुने निधो भने छैन । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो ।अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्