आज राति १२ बजेदेखि नेपालगञ्जमा निषेधाज्ञा



न्युज अफ नेपाल काठमाडौं ।

 नेपालगञ्जमा कोरोना भाइरस संक्रमण बढ्दै गए पछि आज राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यसबीचमा दैनिक उपभोग्य वस्तु लगायतका पसल मात्रै खोल्न पाइनेछ । जिल्लामा संक्रमण बढ्नुको साथै कोभिड १९ का बिरामीले अस्पतालका बिरामी कक्ष समेत भरिएपछि बाध्य भएर लकडाउन अर्थात निषेधाज्ञा गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ७ सय ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्