भौतिक, पूर्वाधारमन्त्रीलाई काठमाडौं घोषणापत्र बुझाइयो



काठमाडौं, नेस । 

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई महासंघको हालै सम्पन्न २२औं साधारण सभाले गरेका निर्णयहरू बारे जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री नेम्बाङलाई भेट गरी गत चैत २९ र ३० गते सम्पन्न साधारण सभा पश्चात् जारी काठमाडौ घोषणा पत्र बारे जानकारी गराएको हो ।उक्त भेटघाटमा मन्त्री नेम्बाङले सरोकारवालाहरूसँग छलफल गरी महासंघको घोषणा पत्र कार्यान्यनका लागि पहिल गर्ने आश्वासन दिनु भएको थियो । महासंघले साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी भई निर्माण व्यवसायीहरूको हौसला बढाएकोमा मन्त्री नेम्बाङ समक्ष आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्