शेयर बजारमा सामान्य सुधार



नेपाल समाचारपत्र, काठमाडौं ।

साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से सामान्य सुधार भएको छ । यस दिन नेप्से २ दशमलव ६८ अंकले बढेर २६६४ दशमलव ६१ बिन्दुमा पुुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३६ खर्ब ८९ अर्ब ६९ करोड रुपियाँ पुुगेको छ ।

कुल २१६ कम्पनीको १ करोड २३ लाख ६९ हजार कित्ता शेयर ५ अर्ब ५३ करोड ८७ लाख १७ हजार रुपियाँमा खरिदबिक्री भएको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये चार समूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये बैंकिङ समूह १ दशमलव ३७, निर्जीवन बीमा समूह २४ दशमलव ३९, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ४ र लगानी उपसमूहको शेयर १ दशमलव शून्य ५ अंकले घट्यो ।त्यस्तै व्यापार समूह ३४ दशमलव ३२, होटल तथा पर्यटन समूह १ दशमलव ५६, विकास बैंक समूह ४८ दशमलव ४२, जलविद्युत् ३१ द्यशमलव ७७, वित्त ४ दशमलव ८८, उत्पादन ५ दशमलव ८७, अन्य समूह ४ दशमलव ५, लघुवित्त समूह ६ दशमलव १९ र जीवन बीमा समूह ५३ दशमलव ९८ अंकले बढेका छन् ।

मंगलबारको कारोबार रकमका आधारमा नागरिक लगानी कोष अगाडि रहेको छ । सो कम्पनीको शेयर २१ करोड ४२ लाख ८९ हजार रुपियाँको किनबेच भएकोछ । यस्तै नेपाल पूर्वाधार बैंकको १९ करोड ८६ लाख ७२ हजार, नविल बैंकको १५ करोड ६४ लाख ५१ हजार, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको १५ करोड ६४ लाख ५१ हजार, अरुण काबेली पावरको १४ करोड ३३ लाख ४७ हजार, सिटिजन बैंकको १४ करोड १७ हजार र एनआइसी एसिया बैंकको शेयर ११ करोड ३८ लाख ३४ हजार रुपियाँबराबरको शेयर किनबेच भई उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

यसैगरी महिला लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमा सकारात्मक मंगलबार सर्किट लागेको छ । यस्तै ज्योति लाइफ इन्स्योरेन्स ९ दशमलव ९५, हिमालयन ऊर्जा विकास कम्पनी ९दशमलव ८५, लिबर्टी इनर्जी ८ दशमलव शून्य ७, हिमालयन पावर पार्टनर ७ दशमलव ७७, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ७ दशमलव ५३ र युनिभर्सल पावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ३ प्रतिशतले बढेको छ ।उता समृद्धि फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । यस्तै ओरियन्टल होटल, एनआरएन इन्फ्रास्टक्चर, छयाङ्दी हाइड्रोपावर, एचआइडीसीएल, राष्ट्रिय बीमा कम्पनी र एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले पनि गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्