यो मायाले के ग-यो



डिल्ली फोम्बो एन्ड द ब्यान्डका रूपमा स्टेजमा चम्कि रहेका धराने गायक डिल्ली फोम्बोले एक वर्षको अन्तरालमा नयाँ गीत म्युजिक भिडियो सहित रिलिज गरेका छन्।

यो मायाले के ग-योबोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द र संगीत छ भने सञ्जीव राईको संगीत संयोजन रहेको छ। रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको म्युजिक भिडियो नरेन लिम्बुको निर्देशन रहेको छ भने विनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ।

लिम्बु समुदायमा पहिलो पटक गुनगुनाइएको भनिएको पोकन्दी र नेपाली लोक शब्द तथा संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगका रूपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए। लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएको गायक फोम्बोले बताए।

प्रतिक्रिया दिनुहोस्