बागलुङमा एकै विद्यालयका ३९ जनामा कोरोना



बागलुङ, (नेस) । 

बागलुङ नगरपालिका–१४ स्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार विद्यालयका ९८ जनाको स्वाब परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको हो ।

कोरोना पुष्टि भएकालाई घर–घरमै आइसोलेसनमा बस्न भनिएको छ । स्वाब संकलन गरिएपछि पनि विद्यालयमा आइतबार र सोमबार नियमित कक्षा सञ्चालन भएको थियो । कोरोना संक्रमण तीव्र बनेपछि बागलुङ देशभरमै कोरोनाबाट अति प्रभावित हुने १४ जिल्लाको सूचीमा छ ।

संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भने पनि बागलुङका स्थानीय तहले भने अहिलेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छैन । बागलुङमा हाल ८८ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्