आगलागी पीडित बस्तीमा खानेपानी पु-याउँदै विवेकशील साझा



विष्णु परियार, काठमाडौं ।

विवेकशील साझा पार्टीले आगलागीबाट ध्वस्त दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नं २ का ४० घरधुरीका लागि खानेपानी मर्मतको काम सुरु गरेको छ । स्थानीय पार्टी कमिटीले नागढुङ्गा निचिपुल सामुदायिक वनमा लागेको डढेलोका कारण जलेर नष्ट भएको झण्डै ९ सय मिटर खानेपानीको पाइप जडान तथा मर्मत कार्य सुरु गरेको हो ।

कमिटीले स्थानीय वडा कार्यालय, भिमेश्वर नगरपालिका , जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगायत विभिन्न संघ संस्थासँग खानेपानी मर्मतका लागि आग्रह गर्दा कुनै सुनुवाई नभएको भन्दै आफै मर्मत कार्य सुरु गरेको जनाएको छ ।

खानेपानी मर्मत कार्यका लागि पार्टी सदस्य अनिलचन्द्र श्रेष्ठले ४५ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।  सोही रकमबाट आवश्यक पाइप तथा अन्य सामाग्री खरिद गरी काम सुरु गरेको मर्मतमा संलग्न एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्