आम नागरिकलाई स्वास्थ्य मन्त्रीको आग्रह



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंखया मन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याँइ गरे सरकारले कठोर कदम उठाउने चेतावनी दिनुभयो । मन्त्रालयमा मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले आम मानिसले आफ्नो कर्तव्यबाट टाढा भएर जनस्वास्थ्यको मापदण्डविपरीत काम गरे सरकार लकडाउनको अवस्थामा पुग्ने बताउँनुभएको हो ।

मन्त्री त्रिपाठीले आम नागरिकलाई कोरोना महामारीको यो लहरलाई हलुका ढंगले नलिन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी भरसक नेपाललाई बन्दाबन्दीको अवस्थामा पुर्याउँदैनौं, तर हामीले हेलचेक्र्याइँ गरे कठोर कदम उठाउन बाध्य हुनेछौं, जुन सरकारको इच्छा होइन ।’

संक्रमणको दर बढ्दै गएकाले स्थिति गम्भीर हुनेतर्फ अगाडि बढेको भन्दै मन्त्री त्रिपाठीले महामारीलाई परास्त गर्नका लागि आम नागरिक, स्वास्थ्यकर्मी, लगायत समपूर्णमा सहयोग गर्न आग्रह गर्दै संचार माध्यमले सूचनाका माध्यमबाट जनमानसलाई सचेत गराउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्