गोसाईँकुण्डमा २७ फिटको शिवको मुर्ति बन्छ : मन्त्री फुयाल



सरस्वती न्यौपाने, रसुवा ।

२६ अ‍ौ वन्यजन्तु शप्ताहको समापन समारोह मा रसुवा आउनुभएका वागमती प्रदेश भौतिक तथा पुर्वाधार मन्त्री रामेश्वर फुयाल ले गोसाईकुन्ड मा २७ फिटको मुर्ति बन्ने बताउनुभयो ।जलविद्युत,पर्यटन,रसुवागढी नाका ,पुर्वाधार,शिक्षा,सुसंस्कृति, समृद्ध र गोसाईँकुन्ड हाम्रो सदिक्षा भन्ने मुलनाराका साथ बैशाख १ देखि ७ गते सम्म भएको वन्यजन्तु शप्ताहमा धार्मिक हिसाबले महत्व रहेको गोसाईँकुन्डमा केवलकार धुन्चे वाट नै हुने र शिवको मुर्ति स्थापना गर्न सहयात्री वन्ने प्रण गर्नु भएको छ ।

गोसाईकुन्ड गाउँपालिका,लामटाङ राष्ट्रिय निकुञ्ज,जिल्ला समन्वय समिति रसुवाको आयोजनामा भएको उक्त शप्ताह कार्यक्रम विशेष गरि जिल्ला लाई खेलकुद को माध्यम वाट तामाङ सम्पदा मार्ग,लाङटाङ , गोसाईकुन्ड र लुकेको वसेका प्राकृतिक सम्पदा,वन्यजन्तु मा रेडमाण्डा,कस्तुरी मृग लगाएत वन वनस्पति हरूको संरक्षण गर्ने र विश्व सामु चिनाउन २६ वर्ष अगाडि देखि कार्यक्रम भईरहेको छ ।

१ देखि ५ गते सम्म भएको पालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रथम हुन सफल उतरगया युनिक कल्व प्रथम,अकियास टिम दोस्रो,ठुलो गाउँ युवा कल्व तेस्रो भएका छन ।प्रथम लाई एक लाख, दोस्रो लाई ५० हजार, तेस्रो लाई २५ हजार रूपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

यस्तै प्रथम पालिका अध्यक्ष भलिवल कप २०७८ भिमलाल हिराचन स्मृति प्रतिष्ठान ले जितेको छ ।दोस्रो अकियास टिम,नौकुण्ड गाउँपालिका तेस्रो भएका छन । पुरस्कार को राशि प्रथम पुरस्कार १ लाख,दोस्रो ५० हजार, तेस्रो लाई २५ हजार रहेको छ । उहाँ हरूलाई ट्रफि सहित प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्