अवैध अफिम खेतीलाई नष्ट गर्न प्रहरीले बढायो सक्रियता



बासुदेव शर्मा, जाजरकोट । 

नेपालको कानुनले बन्देज गरेको अबैध अफिम खेती नष्ट नष्ट गर्न प्रहरीले सक्रियता बढाएको छ । नलगाड नगरपालिका ८ को मंसिरी र गुँरासेमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले अबैध अफिम खेती नष्ट गरेको हो

जाजरकोटका विभिन्न स्थानमा पटक पटक अबैध रुपमा गरिएको अफिम खेती प्रहरीले नष्ट गर्दै आएको छ । ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी नायव निरिक्षक शरद प्रसाद पाण्डेको कमाण्डमा खटिएको प्रहर टोलीले नलगाड नगरपालिका ८ मंसिरीमा ६ रोपनी र गुँरासेमा १ रोपनी जग्गामा लगाएको अवैध अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी हवल्दार महेन्द्र बहादुर थापाको कमाण्डमा खटिएको टोलीले नलगाड नगरपालिका १ पुवाँडाँडामा आधा रोपनी जग्गामा लगाएको अफिम खेति नष्ट गरेको छ भने प्रहरी चौकी पाँचकाटियाका प्रहरी सहायक निरिक्षक कर्ण बहादुर बलामीको कमाण्डमा खटिएको प्रहरी टोलीले भेरी नगरपालिका २ डिङ्गामा २ धुर जग्गामा लगाएको अवैध अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले बताउनु भयो ।

कानुनले बन्देज गरेका अबैध रुपमा लगाएका गाँजा, अफिम खेती लागु औषध नष्ट गर्ने प्रहरीले सक्रियता बढाएको छ । गत चैत्रमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले नलगाड नगरपालिकाका विभिन्न स्थानमा झन्डै ७१ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको थियो ।

नेपालको कानुनले प्रतिवन्द लगाएको अफिम खेती बर्षेनी प्रहरीले नष्ट गर्दै आएपनि स्थानिय नागरिकहरुले प्रहरीको अभियानलाई व्यवास्ता गर्दै लुकीछिपी ठुलो मात्रामा यसको खेती गर्दै आएका छन् ।

सरकारले प्रतिबन्द गरेको लागु औषध, गाँजा, अफिम खेती नष्ट गर्न प्रहरीले कडाईका साथ लिएकोले लागु औषध ओसार पसार, अबैध रुपमा लगाएको गाँजा, अफिम खेती नष्ट जस्ता गतिविधि न्युनिकरण गर्न समुदाय र प्रहरीको सयुक्त प्रयासबाट सफल हुने भएकोले स्थानिय नागरिकहरु सचेत हुनु पर्ने समुदायमा अबैध गतिविधि भएको खण्डमा प्रहरीलाई जानकारी दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक थापाले आग्रह गर्नु भयो । समुदाय र नेपाल प्रहरीको प्रयासले अबैध अफिम खेती घरेलु मदिरा घरेलु हिसा लगाएतका गतिविधि अन्त्य हुने उहाँको भनाई छ ।

जाजरकोटका विकट स्थानमा लगाएको अबैध अफिम खेती नष्टका लागी दुई दिने गस्तिमा खटिएको प्रहरी टोलीले सात रोपनी दुई धुर जग्गामा लगाएको अबैध अफिम खेती नष्ट गरेको छ । अबैध रुपमा गरिएको अफिम खेती सम्वन्धि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ छ । कानुनले प्रतिबन्द गरेको अबैध खेती गरेका जग्गाधनीलाई अहिले सम्म प्रहरीले कानुनी कार्बाहि गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्