२७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारीमा एमाले



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ । एमालेले पार्टी विरोधी गतिविधि गरेको भन्दै नेपाल समूहका २७ सांसद्लाई स्पष्टीकरण सोध्ने भएको हो।

यी हुन् स्पष्टीकरण सोधिएका २७ सांसद् सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडाको नाम छ । यस्तै जयकुमार राई, गणेश पहाडी, दिपक प्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण सोध्न लागिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्