कोरोना संक्रमणबाट कोहलपुरमा २ जनाको मृत्यु



न्युज अफ नेपालकाठमाडौं ।

बाँकेमा कोरोना संक्रमणबाट थप दुईजना मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुई जनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका-२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । याेसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्