कर्पोरेट अवार्डसँगै फेसन ट्रेड



सेलिब्रेटीसमेतको प्रिय बन्दै आएको राजधानीको कपाल, अनुहार तथा अन्य सौन्दर्य घर फेसियल हाउसको आयोजनामा तेस्रो कर्पोरेट अवार्ड तथा फेसन ट्रेड सम्पन्न भएको छ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा सम्पन्न फेसन ट्रेड सिजन थ्रीमास्थापित मोडलहरूलाई -याम्पमा क्याटवाक गराइएको थियो। फेसन शोमा मोडलहरूले परम्परागत तथा सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने आकर्षक पहिरन प्रस्तुत गरेका थिए। फेसियल हाउसले वर्षौंदेखि सबै प्रकारका व्यक्तित्व तथा पेसाकर्मीहरूलाई सुन्दर बनाउँदै आएको छ। त्यसैले सुहाउँदो हेयर डिजाइन, छालाको निरन्तर देखभाल र मेकअपबाट जो–कोहीलाई सुन्दर र स्मार्ट बनाउन सकिन्छ भन्ने मान्यताका साथ फेसन शो आयोजना गर्दै आएको फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्ध निर्देशक सुष्मा महराले बताइन्। उनले हालसम्म ब्युटी सलुननहरूले यसखाले कार्यक्रम नगरे पनि फेसियल हाउसले यसलाई निरन्तरता दिँदै आएको बताइन्।

कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले पुँजी, उद्योग र मजदुरबीच सुसम्बन्ध कायम हुने गरी सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने चर्चा गरे। त्यसै गरी, विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले देशको अर्थतन्त्रलाई सबल बनाउन श्रमिकलाई उद्योगी लगानीकर्ता र उद्योगी लगानीकर्तालाई श्रमिक नभई नहुने भएकाले सरकारले दुवै पक्षको हितलाई ध्यानमा राखेर सहजीकरण गर्दै आएको दाबी गरे।कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका बोर्ड डाइरेक्टर एवं व्यवसायी कल्याण गोविन्द श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ भने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई कर्पोरेट माइलस्टोन अवार्ड र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रालाई कर्पोरेट बेस्ट लिडरसिप अवार्ड प्रदान गरियो।

त्यसै गरी, नेपाल उद्योग वाणिज्य महासंघका शिक्षा तथा स्वास्थ्य समिति सभापति हेमराज ढकाललाई कर्पोरेट आइडल अवार्ड, एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई कर्पोरेट सीईओ अफ द एअर, अटो व्यवसायी ध्रुव थापालाई कर्पोरेट अटोमोटिभ अवार्ड, स्नेहा हस्पिटालिटी ग्रुपका अध्यक्ष असितशमशेर जबरालाई कर्पोरेट टुरिजम अवार्ड, नेपाल उद्योग वाणिज्य महासंघकी कार्यकारिणी सदस्य ज्योत्सना श्रेष्ठलाई कर्पोरेट ओमन इन्टरप्रेनरसिप अवार्ड, अजोड इन्सुरेसका सीईओ कुमारबहादुर खत्रीलाई कर्पोरेट इन्सुरेन्स अवार्ड, डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यलाई कर्पोरेट युथ अवार्ड, नेपाल उद्योग वाणिज्य महासंघका वित्त तथा इन्सुरेन्स समिति सहसभापति सुबोधकुमार गुप्तालाई इन्प्लुन्सियल लिडरसिप अवार्ड, रमन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रमन महतोलाई कर्पोरेट कन्स्ट्रक्सन अवार्ड, गरिमा विकास बैंकका सीईओ गोविन्द ढकाललाई डेभलपमेन्ट बैंक सीईओ अफ द इयर, नेपाल लाइफ इन्सुरेसका सीईओ सन्तोष प्रसाईंलाई इन्सुरेन्स अवार्ड, आवरण हेल्थ केयरका अध्यक्ष डा. रूपक घिमिरेलाई कर्पोरेट हेल्थ अवार्ड, हुत्तानन्द खनाललाई कर्पोरेट इन्डस्ट्री अवार्ड, शुक्रपथ कोअपरेटिभका मधुकर वाग्लेलाई कर्पोरेट कोअपरेटिभ अवार्ड र वेदु पाण्डेलाई कर्पोरेट पेन्ट अवार्ड–२०७८ बाट सम्मानित गरियो। त्यस्तै, चेली फाउन्डेसनलाई सोसल इम्पावरमेन्ट अवार्ड र प्रिया राजकर्णिकारलाई गत वर्षको कर्पोरेट युथ अवार्ड–२०७७ बाट सम्मानित गरियो। कार्यक्रममा विभिन्न गायकगायिकाले सांगीतिक प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्