स्थानीय तहपिच्छे सभाहल



राजु श्रेष्ठ, काठमाडौं

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै भौतिक संरचना निर्माण गर्ने कार्यले तीव्रता पाएको छ । सडक, पुलदेखि सभाहल, भ्युटावर, प्रवेशद्वारलगायतका भौतिक संरचना निर्माण गर्न स्थानीय तहबीच प्रतिस्पर्धाजस्तै देखिएको छ ।
जनप्रतिनिधिहरूबीच पूर्वाधार विकासका नाममा भएको प्रतिस्पर्धाका कारण अहिले देशका प्रायः सबै स्थानीय तहमा भौतिक संरचनाको काम पहिलो प्राथमिकतामा रहेका छन् ।

निर्माणाधीन आयोजना सो ठाउँका निम्ति कति आवश्यकता हो भन्ने विषयमा सम्भाव्यता अध्ययन गर्ने भन्दा पनि जनप्रतिनिधिको पहुँचका आधारमा त्यस्ता संरचनाहरू निर्माण भइरहेको सरोकार पक्षको भनाइ छ । सम्भाव्यता अध्ययन र आवश्यकताभन्दा पनि आफ्नो पालिकामा एउटा गज्जबको सभाहल बनाउने भन्ने सोचका कारण अहिले दर्जनौं पालिकामा सभाहल निर्माण भइरहेको संघीय मामिला मन्त्रालय स्रोतको भनाइ छ । ‘करोडौं रुपियाँ खर्च गरी निर्माण गरिएका त्यस्ता संरचना कति प्रयोगमा आउँछन् भन्ने त्यसको स्पष्ट जवाफ कसैसँग छैन । भोलिका दिनमा त्यस्ता संरचनाहरूले सञ्चालन खर्चसमेत उठाउन नसक्ने स्थिति आउँदा राज्यलाई दायित्व बढ्ने भएकाले जनताको जनजीविका विषयमा खर्च गर्नुपर्ने रकम अनावश्यक क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।’ स्रोतले भन्यो–‘सभाहल नै नचाहिने भन्ने त होइन, कहाँ त्यसको बढी आवश्यकता छ भन्ने कुरा महत्वपूर्ण हो ।’

संघीय राजधानीमा समेत सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरका सभाहल छैनन्, नयाँबानेश्वरस्थित रहेको एउटा सम्मेलन केन्द्र पनि डेढ दशकदेखि संसद भवनमा परिणत भएको छ । आवश्यकताको आधारमा काठमाडौं आसपासमा ठूला सम्मेलन केन्द्रहरू चाहिन्छ । तर, दुर्गम क्षेत्र जहाँ वर्षमा एक दुईवटा कार्यक्रम मुस्किलले हुने ठाउँमा करोडौं रुपियाँ खर्च गरेर सभा हल निर्माण गर्नुको साटो त्यो क्षेत्रको अर्को आवश्यकता के हो भन्ने विषयमा नेतृत्वले सोच्नुपर्ने विभिन्न परियोजनामा दातृ संस्थाका तर्फबाट परामर्शदाताको रूपमा काम गर्दै आउनुभएका नवराज पोखरेलको भनाइ छ । पोखरेल भन्नुहुन्छ–‘हुन त दशौं वर्ष पछाडिको आवश्यकतालाई हेरेर योजना निर्माण गरिनुपर्छ भन्ने मान्यता छ । तर, नेपालको सन्दर्भमा दश वर्षपछिको कुरा भन्दा पनि अहिले आवश्यकता के हो भन्ने महत्वपूर्ण हुन्छ ।’जनप्रतिनिधिले आवश्यकताभन्दा पनि जथाभावीरूपले डोजर लगाएर बाटो खन्ने गरेकोप्रति व्यङ्ग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले त्यस्ता बाटोलाई ‘डोजेरोटो’ को संज्ञा दिनुहुन्छ ।

संघीयता लागू भएपछि शुरूका केही वर्षमा देखिएको डोजर आतंक अहिले भ्युटावर, प्रवेशद्वार र सभाहलजस्ता संरचनामा देखिएको छ । शहरी विकास मन्त्रालयका अनुसार अहिले ४० भन्दा बढी स्थानमा सभाहल निर्माण भइरहेका छन् । मन्त्रालयको योजना अनुगमन शाखाका इन्जिनियर सविन कर्माचार्यका अनुसार सो मन्त्रालयअन्र्तगत करिब ३० वटा सभाहलको ठेक्का लागेर निर्माणको विभिन्न चरणमा रहेका छन् भने एक दर्जनभन्दा बढी सभाहलको ठेक्का आह्वान गर्ने क्रममा रहेका छन् । मन्त्रालयअन्र्तगत विशेष भवन शीर्र्षकमा ललितपुरको गोदावरीस्थित ३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणकोे अन्तिम चरणमा पुगेको छ । मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत १५० सिट क्षमतादेखि २ हजार सिट क्षमतासम्मका सभाहल निर्माणको क्रममा रहेको कर्माचार्यले जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयकै योजना अनुगमन शाखाका उपसचिव बैकुण्ठ उपाध्यायले मन्त्रालयअन्र्तगतका आयोजनाको भौतिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो । मन्त्रालयले हालै गरेको अनुगमनका क्रममा खासै गुनासो नरहेको उहाँको भनाइ छ ।

कहाँ–कहाँ बन्दै छन् सभाहल

स्थान सिट क्षमता ठेक्का सम्मौता ९रु। लाखमा०
दमक सभाहल, झापा १५०० ३२०९.८६५४४
लौकहीमा सभाहल, सुनसरी ५०० ३२५०.३९०९३
डोटी सभाहल, राजपुर ५१९ १३६७.८७४
बैतडी सभाहल, दशरथचन्द ३०० २३४.३०३०६२
धनगढी सभाहल ७५० २८५५‍‍‍‍.३७५४१
नेपालगञ्ज सिटीहल  ७५० ३०३३.४१७२
सुर्खेत, रामघाट बहुउद्देश्यीय भवन १५० २३५.०३३०३३
सुर्खेत, मेहलकुना सभाहल २८८ ६३९.८७२८१९
सुर्खेत सभाहल ७६८ २३२२.०००६३
गुराँस गापा–४ घोडावास बहुउदेश्यीय हल, दैलेख २८८ ४५.०८३२२०३
घोराही सभाहल ६५० ३०२५.२२३६१
रुकुमकोट सभाहल ५०० २१५९.९५७३२
बुटबल अन्तर्राष्ट्रिय प्रदर्शनी हल – १२४६३
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रथम चरण १०७० ३८३८
बुटबलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र दोस्रो – १४९६३
गल्याङ सिटीहल, स्याङ्जा २८८ ४२८.६३३५१
चापाकोटमा सिटीहल, स्याङ्जा २८८ ४३२.१६९२६
पुतली बजार नपा, स्याङ्जा ५०० १७१/६०८६२२
आँधीखोला सीटी हल भीरकोट नपा बयरघारी, स्याङ्जा २८८ ४२४.४९४०९
दमौली सभाहल ७२८ २६६९५४९६५
गोरखा सभाहल ६५० ३६१४.०२३९१
चितवन महानगर सिटीहल २००० ८७८८.८८८८८
सौराहा सभाहल, रत्ननगर नपा, चितवन ५५० ४९८८.१७४८५
रत्ननगर सभाहल , चितवन ६२५ २११७.३७३९४
विदुर सभाहल ६०० ३०३५.४५२९५
रसुवा, धैबुङ्ग–५ कालिकास्थान बहुउद्देश्यीय एकीकृत सभाहल १५० ८६०.९२६६०५
मौलापुरमा शहिद स्मृति प्रतिष्ठान बहुउद्देश्यीय सभाहल, रौतहट ३०६ २४३८५१९०५
त्रियुगा मदन भण्डारी समृति सभाहल १२०० ३१३०.३४१८२
फुगलिङ सभाहल, ताप्लेजुङ – ठेक्का लाग्न बाँकी
पाँचथर सभाहल – ठेक्का लाग्न बाँकी
सालवारीमा बहुउद्देश्यीय हल अर्जुनधारा नपा–११ झापा – ठेक्का लाग्न बाँकी
विराटनगर सभाहल २०२० ठेक्का लाग्न बाँकी
सिरहाको गोलबजार नपा सभाहल १५०० ठेक्का लाग्न बाँकी
निजगढ सभाहल ५०० ठेक्का लाग्न बाँकी
ललितपुर भैसेपाटीमा सभाहल – ठेक्का लाग्न बाँकी
भक्तपुरस्थित अरनिको सभाहल – ठेक्का लाग्न बाँकी
रसुवा–धुन्चे सभाहल ५०० ठेक्का लाग्न बाँकी
सभाहल बागलुङ ५०० ठेक्का लाग्न बाँकी
तानसेन सभाहल ८०० ठेक्का लाग्न बाँकी
शहिद स्मृति प्रतिष्ठान सभाहल निर्माण पैयुं गापा, पर्वत – ठेक्का लाग्न बाँकी
कोहलपुर सभाहल ९६० ठेक्का लाग्न बाँकी
स्रोत: शहरी विकास मन्त्रालय

डोटीको राजपुरमा निर्माणधीन सभाहल
तस्वीर  राजु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्