भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना संक्रमण



एजेन्सी : भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री सिंहलाई सोमबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका छन् ।

उनलाई हल्का रुघाखोकी देखिएपछि पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले  जनाएका छन् । ८७ बर्षीय सिंहको गत बर्ष पनि  स्वास्थ्यमा समस्या देखिएपछि लामो समय एम्स अस्पतालमै रहेर उपचार गराएका थिए ।

सिंहलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसका पूर्व अध्यक्ष राहूल गान्धी, पार्टी महासचिव प्रियङ्का गान्धी वाद्रा लगायतका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्