नेपाल सुपर लिग फुटवल प्रतियोगिताका लागि खेलाडीको नाम छनोट



यमलाल भुसाल, बुटवल ।

नेपालमा पहिलो पटक यही बैशाख ११ गते देखि काठमाण्डौमा हुने नेपाल सुपर लिग फुटवल प्रतियोगितामा लुम्बिनी प्रदेशवाट बुटवल लुम्बिनी फुटवल क्लवले प्रतियोगितामा जाने खेलाडीको नाम छनौट गरि सार्वजविक गरेको छ । क्लवले सोमवार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरि टिम र खेलाडी तथा अफिसियलहरुको नाम सार्वजनिक गरेको हो ।

नेपाल स्र्पेार्टस एण्ड ईभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगितामा नेपालका टप ७ टिमको सहभागिता रहने छ । लुम्बिनी प्रदेशवाट सहभागिता हुने बुटवल लुम्बिनी फुटवल क्लववाट ३ विदेशी खेलाडी सहित १९ जना खेलाडी रहेकाको क्लवका अध्यक्ष राज कुमार तिमिल्सिनाले बताउनु भयो । टिममा सनोज श्रेष्ठ टिम कोच, राजुकाजी शाक्य म्यानेजर, रहनु भएको छ ।

त्यस्तै विराज मर्हजन, आसिष लामा, शिव गुरुङ लगायत ३ जना विदेशी खेलाडी रहेको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । प्रतियोगितामा बुटवल लुम्बिनी फुटवल क्लव,संगै विराटनगर ,चितवन, ललितपुर, काठमाण्डौ, पोखरा, र धनगढीका टिम रहेका छन ।

प्रतिक्रिया दिनुहोस्