काठमाडौं उपत्यकामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्