माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



न्युज अफ नेपाल काठमाडौं ।

नेकपा माओवादी केन्द्रले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो ।

पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।सोमबार सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक स्थगित गरेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुबीच छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्