युवराजको घुर घुर सार्वजनिक



गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन्। घुर घुर बोलको उनको नयाँ गीतमा संगीत पनि उनकै रहेको छ। शब्दरचना कौशिला खनाल कर्माचार्यको छ।

गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथालाई उठान गरेको छ। गीतको भिडियोमा गायक चौलागाईंका साथमा वर्षा राउतले अभिनय गरेकी छिन्।

धिरजजंग शाहले खिचेका म्युजिक भिडियो विकास धमलाले सम्पादन गरेका छन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्। गीत र यसको म्युजिक भिडियो गायक चौलागाईंकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्