लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा लज्जाबोध



अच्युतप्रसाद पौडेल ‘चिन्तन’ ।

 नयाँ वर्ष प्रवेशसँगै देशमा लोकतन्त्र दिवसको कुरा आउँछ । हरेक वर्षको वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाइन्छ । प्रजातन्त्र दिवसले७० वर्ष पूरा गरे पनि देशमा लोकतन्त्र र गणतन्त्र शिशु नै छ । भ्रष्टाचार र मनलाग्दी तन्त्र भने पाको भएका छन् । खुल्ला लोकतन्त्रभित्र अनेकौँ श्रीहरु छन्, उनीहरुले एकछत्र रजाइँ गर्दै छन् । प्रजातन्त्रका पिता अब्राहम लिंकनको परिभाषालाई गोलमोल गर्दै छन् ।

आमजनतालाई रैतीको दुनियाँबाट बाहिर आउन दिएका छैनन् । लोकतन्त्रको ढकनीभित्र लुकेका यिनकाविलासी जीवनशैलीले देशलाई विदेशी ऋणको भारी बोकाएको छ, किचेको छ । व्यापार घाटाले थिचिएको छ । लोकतन्त्रमा पाएको सुविधा भनेको बोल्न पाउने स्वतन्त्रता हो, त्यो पनि सूचना प्रविधि विधेयक भन्दै कहिले मिडिया काउन्सिल विधेयक, कहिले आमसञ्चार विधेयक भन्दै प्रतिनिधिसभामा प्रस्तुत हुन्छ । देशभित्र जति कराउँदा पनि नसुन्ने लोकतन्त्रका आवरणभित्र लुकेकाहरु एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनलाई पनि कथित भन्न बेर लगाउँदैनन् । देश अध्यादेशको तुइन चढेर कहिले दक्षिण तन्कन्छ लिपुलेक र कालापानीका नाममा, कोरोनाको ललीपप आधा खोप बोकेर, कहिले उत्तर भासिन्छ सुपर ग्लु र खोपकै भिक्षार्थी भएर बीआरआईको नाममा, कहिले पश्चिम अमेरिकातिर लच्किन्छ एमसीसीको नाममा ।चुनावको नौटंकीगर्ने नेताहरु चुनावबाट आएकालाई फु गर्दै सांसद पद खारेज गरिदिन्छन् । एकातिरकाले खारेज गर्छन् सांसद पद अनि अर्कातिरकाले ६ महिनाका लागि लिइदिन्छन् ।

लिनै नमिलेपछि राजदूत बनाएर पठाइएको पनि हेरेकै हो । साढे आठ प्रतिशतको आर्थिक वृद्धि दरको आँकलन गरी जनतालार्ई दिउँसै अँध्यारो पारेर ऋणात्मक आर्थिक वृद्धिमा पु-याउनेलाई अमेरिकाको राजदूतमा पठाइन्छ । त्यो पनि एमसीसीलाई सहजीकरण गर्न भनेर ।लोकतन्त्रको आवरणभित्रओम्नी र यती समूह अटाउँछ ।ललिता निवास, गोकर्ण रिसोर्ट, देशको नक्सा अंकित केकलाई टुक्रा–टुक्रा पारी लुकाइन्छ । झन्डै एक वर्ष कार्यालय नजानेहरु सिमाना फर्काउन कुनै पहल गर्दैनन्, आफ्नै पहलमा महाकाली सम्झौता भएको ठान्दै चुच्चे नक्सा छपाई टोपल्छन् । छाप्न सघाउने प्रतिनिधिसभालाई घाँटी निमोठ्छन् । जबरजस्त बिउँतिदा बिजनेस पाउँदैन, मरेतुल्य हुन्छ फेरि । लोकतन्त्रको पहरेदार प्रतिनिधिसभाको अकाल मृत्यु हुन्छ । गणतन्त्रको कु गर्न माहिर श्रीहरुको रडाकोले देशको शिर निहुँरिन्छ र गोयलहरु रातमा एक्लै वार्ता गर्छन्, सगरमाथाको टाउको टेकी टेलिभिजनमा धाबा बोल्छन् ।त्यस्तै दैनिक जनजीविकाका प्रश्नमाबहस नै हुन्न । सडकमा तँछाड मछाड गर्दै पोखिन्छन् । एक–अर्कालाई सत्तोसराप गर्छन् । कुकुर–बिरालाझैँ कराउँछन् । जनता दिन–प्रतिदिन रोगी हुन्छन् ।

बल्लतल्ल भीख मागेको पहिलो डोज कोरोना खोप लगाउँछन्, दोस्रो चिल्लै हुन्छ डोज । बाली भित्रिसक्दा रासायनिक मल आइपुग्छ । यातायातक्षेत्रको कार्टेलिङ हटाउन निर्णय गर्छन् ।निर्णय फिर्ता लिइहाल्छन् । हत्या आरोपी भई १४ वर्ष जेल बस्छन् अनि हत्या आरोपीको मुद्दा फिर्ता गरी किस्तीमा सजाएर राखेको सिट दिन तयार हुन्छन्। आफू टिकिरहन मरिहत्ते गर्छन्, जसलाई जे दिन पनि तयार हुन्छन् । उपलब्धिविना १७ हजार मान्छे मार्छन् ।तालमेल मिलाई ब्यालोट बक्स थापेर लिस्नोमाथि पुग्छन् । जनतालाई धोका दिई महँगीको उपहार दिँदै आफैँ घरको न घाटको हुन्छन् ।लाखौँका घडी र मोबाइल, पलङ अनि करोडौँको महलमा आराम गर्छन्, नाम भजाउँछन् कार्ल माक्र्स, लेनिन, माओ आदिको ।लोकतन्त्रभित्र ७० करोडको सेक्युरिटी प्रेस लुक्छ । बालुवाटारको जग्गा लुक्छ ।३३ करोडको सुन,वाइड बडी घोटाला,कोरोना औषधि र उपकरण, निर्मला हत्या प्रकरण, एनसेल, नक्कली भ्याट बिल,टेलिकम काण्ड लुक्छन् । त्यस्तै आयल निगमको जग्गा, आयल निगमले हप्तामा दुईपटक तेलको भाउ वृद्धि, विद्युत् प्राधीकरणको नजानिदो न्यूनतम शुल्क छुट्टै, सालासाली प्रकरण पनि यहीँ हुन्छ ।वर्षौंसम्म काठमाडौँ काकाकुल, आएको मेलम्चीको पानीमा असमान वितरण,महमारीप्रति पूर्ण उदासीन र केवल बन्दाबन्दीको अस्त्रले सर्वसाधारणको चुलो बन्द, व्यापार र आर्थिक विकासमा वज्रप्रहार, २–२ वटा मानार्थ विद्यावारिधिले सुशोभित,टुँडिखेलको खुल्ला जमिनमा व्यापारीको प्रवेश, टुँडिखेलकै गरिब भात भान्सामा तगारोजस्ता प्रकरण पनि यहाँ भएका छन् ।

त्यसै गरीएउटै कोठामा बसेर देशैभरिका सडकको उद्घाटन, देशैभरि स्वास्थ्य केन्द्रको उद्घाटन, कोरोनामा देश दौडाहा र भीड, विश्वविद्यालयमा नम्बर थप्ने प्रचलन,सांसद अपहरणको शैलीमा प्रहरीको प्रयोग, वर्षौंअघिदेखि महाकालीमा विदेशीले बनाएको बाटोमा मौन, औपचारिक उद्घाटनपछि ए हो र भन्ने अभिव्यक्ति आदिका चर्चाहरु पनि त्यत्तिकै छन् । कोरोना राहतमा ८० करोड खर्चेको अभिव्यक्ति, घुम्टो ओढेर बसेको रेल, पानीजहाजको गफ, पानीजहाज कार्यालयको डेढ करोडको गाडी,शीतल निवासमा महँगो कार्पेट र शौचालय, महँगो हेलिकप्टर, पुल्चोकमा जिमखाना, उद्घाटनको एक–डेढ वर्षैमा भैँसेपाटीमा सात चिरा पारिएका सात प्रमुख र मुख्य मन्त्रीहरुलाई आलिसान आवासको तयारी, संवैधानिक निकायहरुमा विपक्षीविना नै खुल्ला भर्ती, गणतन्त्रका संवाहक भन्दै यसैमाथि कुको प्रयास, आफू चढेको भ¥याङ नै गल्र्यामगुर्लुम ढालेर आफैं संसद्विनाको टुहुरो र निर्दलीय चरित्र अनि आफ्नै दल अवैध भइसकेको अवस्था जति चर्चा गरे पनि कम हुन्छ हालका महमहिमहरुको ।

राणकालका कुरा गर्ने हो भने पनि त्यति बेलाको अवस्थामा समेत नेपाली पोशाकको संरक्षण गर्ने, ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने, देशभित्रैको पैसाले भौतिक निर्माण र पुनर्निर्माण गर्ने, बाली नष्ट भएका जमिनको तिरो माफी गर्ने,ऐतिहासिक सम्पदाको संरक्षण र अभिलेखलाई ताजा राख्न जैसी कोठाको संरक्षण गर्ने कुराहरु भएको थिए । त्यस्तै गिद्धे प्रेसको स्थापना गर्ने,वि.सं. १९१० मा मुलुकी ऐन जारी गर्ने, कमै भए पनि सती प्रथाको अन्त्य गर्न प्रयास गर्ने,तिब्बतसँग युद्ध गरी वि.सं. १९१२ मा थापाथली सन्धी गरी देशको स्वाभिमानको रक्षा एवं आर्थिक लाभ प्राप्त गर्ने कुराहरु पनि त्यतिखेर भएका थिए ।कुनै भूभाग विदेशीलाई नदिने, बरु बृटिस इन्डियालाई खुशी गराई नेपालको पश्चिमीक्षेत्र बाँके, बर्दियाफिर्ता लिएर नयाँ मुलुक देखाउने,अंगे्रज रेजिमेन्टप्रति निगरानी राख्ने, आप्नो अनुकूलमा मात्र तिनलाईृ स्वदेशमा प्रोत्साहन गर्ने, वैदेशिक ऋण, सहायतामा बन्देज लगाई स्वदेशी उद्योग,स्वदेशी माटोको रक्षा, सरकारी जमिनको सुरक्षा, भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय, महँगा रविलासी सवारीसाधनको सट्टा घोडचढीमा दखल गर्ने कार्य त्यस बेला भएको थिए ।इतिहासमा जसलाई क्रुर शासक भनिन्छ, जंगबहादुर अहिलेका नवजंगबहादुरहरुभन्दा कम सफल थिएनन् । उनैले बनाइदिएका, उनका अनुयायीले तयार पारिदिएका र उनका पालामा बनेका भौतिक संरचनाहरुमा अहिलेकाश्रीहरुले शासन गरिरहेका छन् । १९९० र २०७२ को भूकम्प नगएको भए, ३० सालको आगलागी नभएको भए ती अहिलेसम्म अजम्बरी र बलिया नै देखिएका हुन्थे ।

सरकारी पर्ती जमिनको संरक्षण, कोही कसैप्रति देश हित विपरीत सन्धी–सम्झौता नगर्ने दूर दृष्टि भएका यी इतिहासका पात्रहरुले भाइ भतिजाका लागि लामो समय देशलाई सुम्पे पनि कमसे कम विदेशीलाई त दिएका रहेनछन् भनी सम्झनुपर्ने अवस्था छ अहिले ।वर्तमान लोकतन्त्रका कुरा गर्ने हो भने, कोरोना महामारीका बखत स्वदेश भित्रिँदा एक पिस कपडामा जनतालाई शहर परिक्रमा गराइयो ।साइकल, टिपर चढेर भाग्दा मृत्युको सिकार भए जनता । क्वारेन्टिनमै बलात्कृत भए महिलाहरु ।विदेशमा पोखिएकाहरुलाई वैदेशिकरोेजगार कल्याण कोषबाट राहत तथा स्वदेश ल्याउने काम भएन । आप्रवासीको संरक्षण भएन, सडे–गलेपछि दर्जनौँ लासहरु एकैपटक बाकसमा हालीफर्काइयो । खाडीमा कमाउन गएकाहरुको बिल्लीबाठ त भयो नै, यता बस्नेहरुले सम्पत्तिगायब पारिदिए । विकसित देशमाजीडीपीको २ प्रतिशतभन्दा बढी नहुने वैदेशिक ऋण, सहायता यहाँका श्रीहरुजीडीपीको ३५ प्रतिशतभन्दा माथि पु-याउन सफल छन् । राजधानी काठमाडौँ पूरै ढाकिइसकेर सास फेर्ने ठाउँ नहुँदा पनि यसको चारैतिर स्मार्ट सिटी बनाउने भन्दै नयाँ–नयाँ प्रपोजलहरु ल्याएर थप दुर्नाम, बदनाम र थप फोहोरी बनाउन पासा फाल्दैछन् । प्रदूषणले विश्वमा एक नम्बरकोदर्जा पाउँदासम्मान सम्झने, तेल बेच्दा उठाएको प्रदूषण करलाई सोकेसमा सजाएर राख्ने,सुको खर्च नगर्नेअनि गणतन्त्रका महामहिमले एकपटक बोल्छन्, राजधानीको प्रदूषण घटाऊ भनेर ।

विकासको छनक दिने पूँजीगत खर्च भर्खरको आवको झन्डै ९ महिनामा २२ प्रतिशत नाघ्दैन । डेढ महिनासम्म घर–टोलको फोहोर उठ्दैन ।सबैभन्दा चर्को शुल्क यहीँ तिरिन्छ । वर्षा र सहकालका देवताको पूजा र रथयात्रा यहीँ बन्द हुन्छ । बिस्केटदेखि मौलिक चिनारी दिने चाडपर्वमा यहीँ रोक लगाइन्छ । धर्म–संस्कृतिप्रति यहीँ बन्चरो हानेर छिन्नभिन्न पारिन्छ । इतिहासलाई बिर्सेर हिजोको आप्mनैलाई लात हानी सडकमा पु-याउने श्रीहरुबाट देशको जगेर्ना कसरी होला ? लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा आइरहँदा लज्जाबोध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्