‘सेल्फी विथ डटर’ अगाडि बढाउँदै नेपाल



काठमाडौं, (नेस) । 

लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले शुरू गरेको दुई अभियान ‘सेल्फी विथ डटर’ तथा ‘डटर्स नेमप्लेट’ ले भारतमा धेरै ख्याति कमायो ।महिला सशक्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म बोकेका यी दुई अभियानलाई हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वराष्ट्रपति प्रणव मुखर्जीको फाउन्डेसनले समेत अगाडि बढाएको छ ।

नेपाल र भारतबीच पहिलेदेखि नै दरिलो सम्बन्ध रहिआएको कारण दुई मुलुकबीच एक अर्काले उठाउने नारा तथा अभियानले एकअर्कोमा सांस्कृतिक परिवर्तन ल्याउन सघाउ पु-याउँदै आइरहेको छ । यही कुरालाई मध्यनजर गर्दै अब नेपालले पनि यी दुई अभियानलाई औपचारिकरूपमा अगाडि बढाउँदै छ ।यसबीच हालै नेपाल इन्टरनेट फाउन्डेसनका संस्थापक अध्यक्ष विक्रम श्रेष्ठ र सेल्फी विथ डटर्स, भारतका निर्देशक सुनिल जागलनबीच गएको शुक्रबार एमओयुमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सुनिल जागलनले शुरू गरेका ती दुवै महत्वपूर्ण अभियानलाई नेपालीहरूले पनि उत्तिकै रुचाएको र यस कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पूर्वराष्ट्रपति प्रणब मुखर्जीले समेत प्रशंसा गरेका थिए ।

डटर्स नेमप्लेट अभियानलाई हाल हरियाणा लगायत भारतका विभिन्न राज्यहरूले समेत अगाडि बढाइरहेका छन् । दुवै अभियानबाट प्रभावित भएपछि फाउन्डेसनका संस्थापक श्रेष्ठले सुनिल जागलनलाई आफैं भेटेर एमओयु हस्ताक्षर गर्दै दुवै अभियानलाई नेपालमा पनि यहीँको निमयभित्र बसेर अगाडि बढाउने बताउँने प्रतिबद्धता जाहेर गर्नुभएको हो ।फाउन्डेसनले अभियान अगाडि बढाउने क्रममा विभिन्न सिरिज इभेन्टसमेत आयोजना गरेर लैजाने संस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्