सात प्रहरी तथा बनपाले प्रदर्शनकारीहरूको कब्जामा



लाहोर, पाकिस्तान ।

कट्टरपन्थी इस्लामीक पार्टीका समर्थकहरूले कम्तीमा सात पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई आइतबार बन्धक बनाएका छन् । फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि यो घटना भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

घटनामा तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहको सम्लग्नताको अनुमान प्रहरीले गरेको छ । लाहोरका प्रहरी प्रवक्ता राणा आरिफले एएफपीसँग भन्नुभयो, “टीएलपीका सदस्यहरूले सात प्रहरी अधिकारी तथा बनका कर्मचारीलाई बन्धक बनाएको सूचना आएको छ । प्रहरीले उनीहरूको सकुशल रिहाईका लागि अनुसन्धान अघि बढाइसकेको छ ।”

घटनाको पुष्टि गर्दै पञ्जाब प्रान्तीय सरकारका प्रवक्ता फिरदौस आशिक अवानले भन्नुभयो, “केही प्रदर्शनकारीहरूले १२ प्रहरीलाई नियन्त्रणमा लिई लाहोरको टीएलपी मस्जिदमा लगिएको बुभिएको छ । मस्जिदमा सयौं समर्थक जम्मा भएका र घटनालाई थप उत्तेजित हुन नदिइकन उनीहरूलाई मुक्त गर्न प्रहरी तथा प्रशासन लागिसकेको छ ।”

प्रतिक्रिया दिनुहोस्