प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवबीच आज भेटवार्ता भएको छ। आइतबार सरकारका तर्फबाट प्रधानमन्त्री ओलीका साथमा सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट महासचिव विप्लवका साथमा पार्टी प्रवक्ता एवम् वार्ता टोलीका संयोजक प्रकाण्ड उपस्थित भएको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा सरकार र नेकपाका शीर्ष नेताबीच भएको वार्तामा राजनीतिक पार्टीका बन्दी नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेजीका विषयमा छलफल भएको थियो। नेकपाका नेताहरूले आफ्नो पार्टीका सम्पूर्ण बन्दी नेता–कार्यकर्ताको रिहाबारे कुरा राख्दा प्रधानमन्त्री ओलीले थुनामा रहेका सबै नेता–कार्यकर्ता यथाशीघ्र छुट्दै जाने विश्वास दिलाएका थिए।

छलफलका क्रममा नेकपाका शीर्ष नेताले प्रधानमन्त्री ओलीलाई देशको राजनीतिक समस्या अत्यास लाग्ने गरी जटिल स्थितिमा पुगेको र यो अवस्थालाई ध्यानमा राखेर अग्रगामी ढङ्गले समस्या समाधानका लागि अघि बढ्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्