माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्दै छ । केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै चौतर्फी आलोचना खेपिरहेको नेकपा माओवादी केन्द्रले भोलि भने महत्वपूर्ण निर्णय लिने भएको छ ।

श्रेष्ठले  नबताएपनि भोलिको बैठकले ओली सरकारमाथि दिंदै आएको समर्थन फिर्ता लिने र वैकल्पिक सरकार निर्माणका लागि पहलकदमी लिने निर्णय गर्ने छ । यसबारे प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्