निर्माणधिन पुल उडायो



धादिङ ।

शनिबारकोे भिषण हावाहुरीले त्रिशुली नदिमाथिको निर्माणाधिन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका वडा नम्बर २ केउरिनीटारबाट वडा नम्बर ४ मास्टार स्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशुली नदीमाथीको पक्की पुल हुरीबतासले उडाएको हो ।

एक महिनाभित्र सवारी साधन संचालन गर्न सक्नेगरि तिब्र रुपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माण कार्य समेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले बताउनुभयो ।

पुलको निर्माण तिनवर्ष अघि सुरु गरिएको थियो । हुरी बतासले उडाएपनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सीनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्