हङकङका सञ्चार उद्यमीलाई चौध वर्ष काराबास सजाय



बेइजिङ, (एजेन्सी)

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका प्रजातन्त्र समर्थित चर्चित सञ्चार उद्यमी जिम्मी लाइलाई अदालतले १४ वर्ष लामो काराबास सजाय सुनाएको छ । उनलाई अनधिकृतरूपमा जमघटमा सम्मिलत गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

७३ वर्षीय लाइ सन् २०१९ मा प्रजातन्त्रको माग राख्दै गरिएका विरोध प्रदर्शनमा संलग्न रहेको आरोपमा अदालतले यसअघि नै दोषी ठहराइएका थुपै्र राजनीतिक कार्यकर्ताहरूमध्ये एक हुन् । एप्पल डेली अखबारका संस्थापक लाइ बेइजिङका कट्टर आलोचकका रूपमा चिनिन्छन् । मुख्यभूमि चीनले हङकङको अधिकार र स्वतन्त्रतामाथि व्यापक दमन भइरहेको बेला शुक्रबार लाइलाई यो सजाय तोकेको हो ।

सन् २०१९ को १८ र ३१ अगस्टमा आयोजित दुईवटा विशाल विरोध प्रदर्शनमा भाग लिएका कारण थुप्रै अभियन्ताहरूलाई अदालतले सजाय तोकेको छ ।तर, अर्का र्चिर्चत अभियन्ता ८२ वर्षीय मार्टिन लि र ७३ वर्षीय वकिल मार्गारेट एन्जीको सजाय भने निलम्वन गरिएको छ । यसै साताको शुरूमा लाइको एप्पल डेलीले उनले कारागारबाट पठाएको हस्तलिखत पत्र छापेको थियो । सो पत्रमा भनिएको छ , ‘पत्रकारको हैसियतले न्याय खोज्नु हाम्रो जिम्मेवारी हो । अन्यायको आकर्षणको कारण हामी अन्धा नबनुन्जेल र हामीले आफूभित्र खराब चिजलाई प्रवेश नगरुन्जेल पत्रकारको हिसाबले हामीले न्याय खोज्नेछौं । ’ पूर्वविधायक लि चेउक ¥यानलाई पनि ती प्रदर्शनमा भाग लिएको आरोपमा काराबास सजाय सनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्