गृहमन्त्री थापालाई सांसद र मन्त्री पदबाट हटाइयो



न्युज अफ नेपाल , काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय सभा सांसद पदसँगै मन्त्रीको पदबाट हटाइएको छ ।

संघीय संसद सचीवालयले आज एक सूचना जारी गर्दै थापाको संसद पद खारेज भएको जानकारी गराएको हो । योसँगै थापा गृहमन्त्रीको जिम्मेवारीबाट पनि स्वत पदमुक्त भएका छन् ।

फेरी उनैलाई मन्त्री बनाउन नयाँ नियुक्ती र सपथ गराउनु पर्ने हुन्छ । संसदको सदस्य नभएपछि मन्त्रीपद पनि स्वत रिक्त हुन्छ । सासंद नभएको अवस्थामा उनलाई अब बढीमा ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्