सरकार कहिले जनताप्रति उत्तरदायी बन्ने ?



नेपालमा सवारी दुर्घटनाको ग्राफ बढ्दो अवस्थामा छ । यस्ता समाचार हामीले दैनिकरुपमा सुन्दै आएका छौैं । यसरी कान पाक्ने गरी दुर्घटनाका समाचारहरुले हामीलाई आजित बनाइसकेको छ । तर सरकार जनताप्रति कहिल्यै उत्तरदायी बनेन । जनताको जीउ–धनको सुरक्षा गर्ने जिम्मा सरकारकै हो । तर यस्तै कारण हामी जनता अकालमा मृत्युवरण गर्न बाध्य छौं ।

जेब्रा क्रसिङ सर्वसाधारण पैदल यात्रीका लागि निकै महत्वपूर्ण छ । ट्राफिक नियम गाडीचालक वा सवारीसाधनलाई मात्र लाग्दैन, यो त पैदल यात्रुलाई पनि लाग्ने विषय हो । यहाँका ठूला–ठूला शहरमा धेरै जेब्रा क्रसिङ हुन्छन् । बाटोमा भएका जेब्रा क्रसिङको प्रयोग त्यति धेरै गरेको पाइँदैन । भएकाको सदुपयोग भएमा मात्रै नयाँ निर्माणमा पनि सफलता मिल्छ ।
त्यसै गरी सरकारले पनि जेब्रा क्रसिङ बनाउनमा खासै चासो दिएको पाइँदैन ।

भएका पनि खासै प्रयोग भएका छैनन् । यस विषयमा सरकारले विशेष अभियान थालोस् । ठाउँ–ठाउँमा जेब्रा क्रसिङको व्यवस्था होस् । अनि सही प्रयोगका बारेमा जनचेतना दिने काम पनि होस् ।
– युसव कोइराला, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्