चना सेवनका फाइदै फाइदा



चनाले शरीरमा तागत उत्पन्न गर्ने, भोजनमा रुचि पैदा गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, यो न्यानो प्रकृतिको हुन्छ । चनाले शरीरलाई चुस्त–दुरुस्त राख्छ । रगतमा जोश उत्पन्न गर्छ । यो कलेजोका लागि लाभदायक मानिन्छ । यसले रगतलाई सफा गर्छ, धातु बढाउँछ र आवाजलाई सफा पार्छ । यो रगतसम्बन्धी विकारका लागि लाभदायक मानिन्छ । यसले पिसाब खुलाउन मद्दत गर्छ । चनालाई पानीमा भिजाएर चपाउनाले तागत आउँछ ।

कालो चनालाई तपाईंले सख्खरसँग खानुभयो भने अझै बढी फाइदाजनक हुनेछ । कालो चनाले हाम्रो शरीरमा ऊर्जा मिल्छ । खासगरी जाडो मौसममा मानिसहरु सख्खरसँग कालो चना खाने गर्छन् । कालो चना फाइबरले भरिपूर्ण हुन्छ । यसले पाचन प्रक्रियालाई दुरुस्त गर्छ । राति पानीमा चना भिजाएर राख्नुपर्छ र बिहान त्यसलाई खानुपर्छ । त्यसो गर्नाले तपाईंलाई निकै फाइदा पुग्नेछ । कब्जियतको समस्या पनि टाढा हुन्छ । साथै जुन पानीमा चनालाई भिजाइएको हुन्छ । त्यो पानीसमेत स्वास्थका लागि फाइदाजनक हुन्छ ।कालो चना एन्टिअक्सिडेन्ट, एन्थोसाइनिन, फाइटोन्यूट्रियन्ट्स तथा एएलएले भरिपूर्ण हुन्छ । त्यसले मुटुको बिरामीहरुलाई टाढा राख्नुका साथै रक्तनलीहरुलाई स्वस्थ राख्नमा फाइदाजनक हुन्छ । साथै यसलाई फोलेट तथा म्याग्नेसियमको पनि राम्रो स्रोत मानिन्छ, जुन हार्ट एट्याक तथा स्ट्रोकको खतरालाई कम गर्नमा सहयोगी मानिन्छ ।

भिजेको चना खाने गर्नाले छालालाई स्वास्थ्य राख्नका साथै चिलाउने, दाद, धब्बाजस्ता समस्यालाई निवारण गर्ने कम गर्छ । चनामा पर्याप्त मात्रामा फस्फोरस लवण पाइन्छ । मिर्गौलालाई समेत स्वस्थ राख्न सहयोग गर्छ । पटक–पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्याले सताएको छ भने नियमित रूपमा हरेक बिहान भिजेको चना खाने गर्नुपर्छ ।मधुमेहका रोगीहरुका लागि कालो चनाको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । यसमा भएको कार्बोहाइड्रेट बिस्तारै पच्छ । जसका कारण ब्लड सुगरको स्तरलाई कम गर्न सकिन्छ । त्यसैले, यसले इन्सुलिन प्रतिरोधमा योगदान दिन सक्छ र टाइप २ मधुमेहको खतरालाई पनि समाप्त गर्न सक्छ । कालो चनामा घुलनशील फाइबर हुनाले यो कोलेस्ट्रोलको लेभललाई कम गर्नसमेत सक्षम हुन्छ ।बच्चालाई महँगो बदामको सट्टा कालो चना ख्वाउनाले उनीहरू स्वस्थ रहन्छन् । एउटा अण्डामा हुने एक ग्राम प्रोटिन र ३० क्लालोरी शक्तिभन्दा सोही मूल्यको कालो चनामा ४१ ग्राम प्रोटिन र ८ सय ६४ क्यालोरी प्राप्त हुन्छ ।
– मुकुन्द श्रीपाली, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्