भारतमा विदेशी नागरिकलाई विशेष परिचयपत्र



भारत सरकारले विदेशी नागरिक कार्ड (ओसीआई) कायम गर्ने प्रक्रियालाई सरल बनाउने निर्णय गरेपछि यसको समर्थनमा भारतीय–अमेरिकीहरूले प्रतिक्रिया दिएका छन् । यस निर्णयका कारण विदेशी नागरिकलाई विशेष प्रकारको आवास सुविधा रोज्न सघाउ पुग्ने उनीहरुको धारणा छ ।

हिन्दू बिजनेस लाइनले एक रिपोर्टमा उल्लेख गरेअनुसार विदेशी नागरिकका लागि भारतीय कार्ड (ओसीआई) पुनः जारी गर्ने प्रक्रियालाई सजिलो बनाउनको लागि भारत सरकारले ५० वर्षको उमेर पूरा गरेपछि यी कार्डहरू पुनः जारी गर्नुपर्ने आवश्यकतालाई हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । यसै बीच, ओसीआई कार्ड धारकहरूले अब २० वर्षको उमेर पुगेपछि एकपटक मात्र कार्ड पुनः नवीकरण गर्नुपर्नेछ ।‘यसले २० र ५० वर्षको उमेरमा कार्ड नवीकरण गर्ने प्रक्रियामा धेरै ओसीआई कार्ड धारकहरूको भ्रम हटाउनेछ र सम्पूर्ण ओसीआई कार्ड नवीकरण प्रक्रियामा जानु नपर्ने व्यवस्था गरिएको छ’, भारतीय मूलका व्यक्तिहरूको ग्लोबल संस्थाका (गोपिओ) का अध्यक्ष थामस अब्राहमलाई रिपोर्टमा उद्धृत गरी भनिएको छ– ‘यसले विदेशमा रहेका भारतीयहरुलाई ओसीआई बन्न प्रोत्साहित गर्नेछ र यसले भारतको यात्रा, व्यवसाय र लगानीमार्फत भारतलाई फाइदा पुग्नेछ ।’

‘विदेशमा रहेका भारतीयहरूमा अत्यधिक लोकप्रिय, ओसीआई कार्डले लामो अवधिको निःशुल्क भिसा यात्रा एवं भारतमा रहन र कार्ड धारकहरूलाई अरु विशेष सुविधा पनि प्रदान गरिनेछ, जो अन्य विदेशी नागरिकले पाउँदैनन् । हालसम्म भारतले करिब ३७.७२ लाख ओसीआई कार्ड जारी गरेको छ’, एमएचएले विज्ञप्तिमा उल्लेख गरेको छ ।‘ओसीआई प्रक्रिया सरलीकरण दिशानिर्देश बिहीबार जारी गरियो, जसले ओसीआईलाई जीवनभरको भिसा बनाउनेछ । पहिले यो केवल लामो अवधिको भिसा थियो’, न्यूयोर्कस्थित सामाजिक कार्यकर्ता प्रेम भण्डारीले भने । ‘मान्य ओसीआई तर नवीकृत पासपोर्टका साथ यात्रीहरूलाई बोर्डिङ गर्न अस्वीकृत गरियो ।

राहदानी नवीकरण गरेपछि ओसीआई नवीकरण प्रक्रियाको कारण एनआरआईहरूले कठिन समस्याहरूको सामना गरिसकेका छन् र यस समस्याको अब समाधान भएको छ’, भण्डारीले भने । सोही समयमा गोपीआईओले भारत सरकारलाई विदेशी भारतीय समुदायका अन्य मुद्दाहरूको सम्बोधन गर्न पनि कदम चाल्न आग्रह ग¥यो ।
‘भारतमा उत्पादन र अनुसन्धानलगायतका व्यवसायहरूमा व्यापार गर्ने र भारतीय नागरिकको बेरोजगारी हटाउने, रोजगारी सिर्जना गर्ने यस्ता नागरिकलाई विदेशी नागरिक भनेर चिनाउन मिल्दैन, स्वदेशी नागरिककै व्यवहार गर्नुपर्छ’, अब्राहमले भने ।
– इन्डिया न्युज नेटवर्क 

प्रतिक्रिया दिनुहोस्