कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै



न्युज अफ नेपाल , काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ । बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा २ बजे बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक आजका लागि बोलाइएको हो ।

आजको बैठकमा भदौमा तय भएको १४ औं महाधिवेशन र समसामयीक राजनीति विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्