बालुवाटारमा ओलीले बोलाएको सर्वदलीय बैठक जारी



न्युज अफ नेपापल काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ । माओवादी केन्द्र र नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बैठक बहिष्कार गरेका छन्।

कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएका हुन्। बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष दलका शीर्ष नेताहरु बालुवाटार उपस्थित  भइसकेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले ओलीले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्