प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा आलीले बोलाएको सर्वदली बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार फोन गरेर सनिवार बिहान बालुवाटार भेटौं भनेको तर प्रचण्डले आफू बालुवाटार नआउने, सिंहरदबार भए आउने भन्ने जवाफ दिएको प्रचण्डको सचिवालयले जनाएको छ । यस अघि माधब कुमार नेपालले पनि बालुवाटारमा बोलाएको बैठकमा सहभागि हुन नस्क्ने बताएका थिए ।

बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ । संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्