रु रु जलविद्युतको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट



न्युज अफ नेपाल, काठमाडौं ।

रुरु जलविद्युतको आइपिओ (प्राथमिक सेयर) आज(शुक्रबार) बाँडफाँट भएको छ । आज बिहान कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर गोलाप्रथाबाट बाँडफाँट गरेको हो । जसमा ३७ हजार ९१६ जनाले सेयर पाएका छन्। धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार बाँडफाँट गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र सेयर पाएका कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

यस्तै आईपीओ नतिजा दिउँसो ३ बजे पछि मात्र हेर्न सकिने क्यापिटलले जनाएको छ। शुक्रबार बिहान साढे ८ बजे बाँडफाँट भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने जानकारी बाँडफाँटको क्रममा दिइएको हो । हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको हो ।

कम्पनीको आईपीओ नतिजा छिटै हेर्न सकिने भए पनि मेरो शेयरमा पर्नसक्ने चापका कारण इडिआइएस गर्न समस्या हुने हुँदा ३ बजेपछि मात्र नतिजा हेर्न सकिने बताइएको छ । शुक्रबार नेप्सेमा विदा भए पनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्