फेसन हाउस सञ्चालनमा



नेपालको फेसन क्षेत्रलाई उचाइ दिलाउन राजधानीमा फेसन हाउस सञ्चालनमा ल्याइएको छ। नयाँ वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेसन हाउस नामक मोडलिङ एजेन्सी सञ्चालनमा ल्याइएको हो।

फेसन हाउसको बुधबार प्रमुख अतिथि नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामनासिने मासिकका सम्पादक पत्रकार विदुर गिरी तथा अतिथिद्वयमोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरिका श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे। कार्यक्रममा अतिथिहरूले केक काटेर फेसन हाउसको लागि शुभकामना व्यक्त गरेका थिए।

फेसन हाउसमार्फत विभिन्न खालकाइ भेन्ट र ब्युटि प्याजेन्टको आयोजना गर्नुका साथै, विज्ञापन तथा वेबसिरिज र म्युजिक भिडियो निर्माण, मोडलिङ फोटोसुट गर्नुका साथै मोडलहरूलाई ग्ल्यामर क्षेत्रमा भिर्‍याउन सहयोग गर्ने फेसन हाउसका सञ्चालक मध्येका एक आदर्श शर्माले बताए। इभेन्ट आयोजनाको क्षेत्रमा करिब आधा दशकको अनुभव बोकेका आदर्शले रक्की महर्जन, एलिनाक्षत्री, सिर्जना गुरुङलगायत आफ्ना अनुभवी साथीहरूको समूहका साथ फेसन हाउस सञ्चालनमा ल्याएका हुन्।

आगामी दिनमा केही इभेन्ट गर्ने तयारी रहेको र त्यसका लागि थिम बनाएर अगाडि बढिरहेको उनको भनाइ छ। ‘हाम्रो सोच भनेको आगामी दिनमा यो क्षेत्रमा राम्रा राम्राइ भेन्ट तथा प्याजेन्ट आयोज नागर्नु हो। फेसन हाउस मार्फत मिस नेपाल लेभलको इभेन्ट अर्गनाईज गर्ने सोच छ’। – उनले भने। प्रमुख अतिथि पत्रकार विदुर गिरीले कोरोना संक्रमणबाट हुने कोभिड १९ लाई ध्यानमा राखीअहिलेको समयमा विश्व मनोरञ्जन जगत्ले अगाडि बढाएको अवधारणालाई पछ्याउँदै प्रविधिको सदुपयोग गर्दै भर्चुअल र अन्य वैकल्पिक माध्यम प्रयोग गरेर मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्नेमाजोड दिए।

प्रतिक्रिया दिनुहोस्