फिल्मकर्मीले खोले इएनटी सेन्टर



निर्माता, निर्देशक, छायाँकार एवं लेखककिशोर ढकाल तथानिर्माताएवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमानाक, कान, घाँटी विशेषज्ञहरूले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामानाक, कान, घाँटी रोग उपचार केन्द्र (नेसनल इएनटी सेन्टर) सञ्चालनमाल्याएका छन्।

नववर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले यस अवसरमा ३ दिने निःशुल्कनाककान घाँटी स्वास्थ्य परामर्श शिविर आयोजना गरेको छ। फिल्मकर्मी ढकालका अनुसार बुधबार शुरू भएको शिविर आजशुक्रबारसम्मचल्नेछ। सयौं फिल्म छायांकनका साथ थुपै्र फिल्मनिर्देशन र लेखन कार्य गर्दै आएका फिल्मकर्मी ढकालले स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवा गर्ने उद्देश्यले सो उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए।

सोही अन्तर्गत केन्द्र सञ्चालनमा ल्याए लगत्तै निःशुल्क स्वास्थ्य शिविर चलाइएको जनाए। उनले कला क्षेत्रका व्यक्तित्वका लागिआफ्नो कला केन्द्रबाट विशेष सेवा र सहुलियत प्रदान गर्ने समेत बताए। त्यसै गरी, फिल्म निर्माता तथा प्रदर्शक छिरिङले कला क्षेत्रसँगै अन्य क्षेत्रबाट समेत टेवा पु-याउने उद्देश्यले केन्द्रलाई सञ्चालनमा ल्याएको बताए।

सो उपचार केन्द्र निर्माता, निर्देशक, छायांँकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घाँटी विशेषज्ञहरू डा. दीपेन्द्र श्रेष्ठ, डा. रेश्की देव, डा. सविनाश्रेष्ठ, डा. राजेश देव र डा. जयेन्द्र प्रधानाड्डतथा अडियोलो जिस्ट विद्वान भुसाल र भागिमान विष्टले सञ्चालनमा ल्याएका हुन्। केन्द्रमा नाक, कान र घाँटी सम्बन्धी सबै समस्याको परीक्षण तथा शल्यक्रिया लगायतका परीक्षण हुने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्