परम्परागत अन्त्येष्टिका लागि शव साटियो



बेइजिङ, (एजेन्सी) । 

एकजना मानिसले आफ्नो शव जलाउनुभन्दा गाडियोस् भन्ने इच्छा पूरा गराउनका लागि एकजना डाउन सिन्ड्रोमपीडित चिनियाँ पुरुषको अपहरणपछि हत्या भएको छ । सन् २०१७ मा दक्षिण पूर्वी चीन निवासी ती व्यक्तिले आफू क्यान्सरको कारण मर्नुअघि आफ्ना परिवारलाई आफ्नो शवलाई परम्परागतरूपमा जमिनमुनि समाधिष्ठ गर्न आग्रह गरेका थिए । तर, चीनका केही क्षेत्रमा शव गाड्न मनाही छ ।

त्यसैले, नाम नखुलाइएका ती व्यक्तिको परिवारले उनको बदलामा कसैको शव जलाउनका लागि एक व्यक्तिलाई भाडामा लिएर एउटा कुनै अर्को व्यक्तिको शव खोज्न लगाइएको थियो । तर, तिनीहरूलाई कु्नै जानकारी नै नदिई ती व्यक्तिले शव खोज्नुको साटो एकजना जिउँदै व्यक्तिको हत्या गरेका थिए ।सन् २०२० को सेप्टेम्बरमा सो परिवारद्वारा भाडामा लिइएका ‘ह्वांग’ नामक व्यक्तिलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको छ । सो हत्याकाण्ड सन् २०१७ मा नै भए पनि चीनमा एउटा शव भेटिएको सम्बन्धमा अनलाइनमा एउटा खबर भाइरल भएपछि गतसाता मात्र यस घटनाप्रति सबैको ध्यान गएको हो । ती क्यान्सर रोगको कारण मर्ने व्यक्तिको परिवार ग्वाङदोङ प्रान्तको सान्बेई शहरमा बस्ने गर्छन् । त्यहँँ शवलाई जलाइनु नै पर्ने कानुनी प्रावधान रहेको छ ।

ह्वांगले सडकमा फोहर टिप्दै गरेका एकजना सुस्त मनस्थितिका मानिसलाई जबरजस्ती आफ्नो कारमा राखेर अपरहरण गरेका थिए । त्यसपछि, उनले ती व्यक्ति नमरुन्जेलसम्म रक्सी खुवाएका थिए । उनले कोफिनमा राखेर तिनको शव बुझाएबापत तिनीहरूबाट १६ हजार ३ सय अमेरिकी डलर लिएका थिए । सो परिवारले त्यसपछि शव बदलेर हत्या गरिएका व्यक्तिलाई जलाउनुका साथै क्यान्सरबाट मर्ने आफन्तको गोप्य स्थानमा परम्परागत तरिकाले अन्त्येष्टि गरेको थियो ।चीनका ग्रामीण क्षेत्रमा परम्परागत अन्त्येष्टिका लागि यसरी लुकीछिपी शव साट्ने काम पहिलादेखि नै हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्