पोखरमा हेरिटेज अफ फेसन हुँदै



आगामी जेठ २२ गते पोखरमाहेरिटेज अफ फेसन नेपाल सिजन–२नामक फेसन शो हुने भएको छ। दुबई, युरोप र अस्ट्रेलियामा समेत हुने फेसन शो सभ्य र भव्यबनाउने सञ्चालक सन्तोष अधिकारीले बताए।

अस्ट्रेलियाको तयारी सकेर नेपाल फर्केका अधिकारीले नेपालमा समेत दोस्रो लहरको कोरोनाजोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामाउत्कृष्ट कार्यक्रमगरिने दाबी गरे। फेसन शोमा नेपालीतथाविदेशीमोडलको सहभागिता रहनेछ। कोरोनाले विश्व नै आक्रान्तबनेको बेला नेपालीकला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथकार्यक्रमआयोजनागर्न लागिएको आयोजकको भनाइ छ।

हेरिटेज अफ फेसन नेपालसिजन–२कालागि राजधानीमा आयोजितमिट एन्ड ग्रिट कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, सन्दीपक्षत्री, अभिनेत्री बेनिशाहमाल, निर्देशकदीपेन्द्र के खनाल, देवकुमार श्रेष्ठ, मेघा मोडल सिजन–४ विजेतापूजा बराल लगायतका मोडलको सहभागिता रहेको थियो। उनीहरूले कोरोना जोखिम बढ्दै गर्दा पनि जोखिममोलेर पनि फिल्म र फेसन क्षेत्रलाई चलायमा नबनाउन चुनौती मोल्नु पर्ने बताए। सञ्चालक अधिकारी सहनिर्माता रहेको फिल्मआमार घर रिलिज भइसकेका छन् भने तीन जन्तु प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्