नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि



काठमाडौं, (नेस) । 

नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो । दार्चुलाका एक जनाको भने ‘भेरियन्ट’ पुष्टि नभएको बताइएको छ । डा. पौडेलका अनुसार कास्कीका दुई, काठमाडौंका चार, भक्तपुरका दुई र नुवाकोटका एक जनामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा २१ देखि ५९ वर्षसम्मका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या धमाधम बढेसँगै नयाँ भेरियन्टका बिरामी नेपालमा भित्रिएको हुन सक्ने आशंकाका कारण सरकारले नमुना सर्वेक्षणबाट ‘एस जिन नेगेटिभ’ भएका १० र पाँचवटा पीसीआर पोजेटिभ भएका नमुना ‘जिन सिक्वेन्सिङ’ गर्न हङकङ पठाइएको थियो ।डा. पौडेलका अनुसार संक्रमण पुुष्टि हुनेमा २१ देखि ५९ वर्षसम्मका छन् । त्यस्तै, पीसीआर नमुनामध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको छ र अन्यमा पुरानै कोरोना संक्रमण देखिएको छ । डा. पौडेलका अनुसार डबल म्युटेन्ट पुष्टि भएको नमुना ललितपुरको हो ।

प्रतिक्रिया दिनुहोस्