काठमाडौंमा भयानक हावाहुरी, जनजीवन त्रसित



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंमा डरलाग्दो हावाहुरी चलेको छ । बिहीबार करिब सवा नौ बजेदेखि लगातार तिब्र हावाहुरी चलेको छ । घरबाहिर र छतमा रहेका अधिकांश मालसामान उडाएको आँलकन गरिएपनि क्षतिको यकिन विवरण आइसकेको छैन । घरबाहिर रहेकाहरु हावाहुरीको मुख्य चपेटामा परेका छन् ।हावाहुरी लगत्तै अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

सवारी साधानमा यात्रा गरिहेकाहरुलाई पनि हावाहुरीले धुलो उडाएर आँखालाई समेत प्रभाव पारेका कारण उनीहरु बीच बाटोमै अलपत्र छन् । यस्तै हावाहुरीसँगै आकाशमा पनि बिजुली चम्किँदा झन् जनजिवन त्रसित बनेको छ । झण्डै आधा घण्टादेखिको भयानक हावाहुरीपछि बर्षा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्