मोरङमा टिपरको ठक्करबाट बृद्धाको मृत्यु



न्युज अफ नेपाल, मोरङ ।

मोरङमा टिपरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दर हरैचा नगरपालिका-७ गोठगाउँकी ७५ बर्षीया मैयादेवी प्रधान रहेकी छन् । बुधबार बिहान करिब ५ बजे मर्निङ वाकमा गएका बेला प्रदेश-१-०२-००१ ख ८५३० नम्बरको टिपरले उनलाई ठक्कर दिएर फरार भएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी प्रधानलाई बाटोमै मृत्यु भएपनि मोरङस्थित नोबेल अस्पतालले मृतक घोषणा गरेका थियो । घटनाको विरोधमा झण्डै २ घण्टा स्थानीयले चक्काजाम गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको रोहबरमा दोषीलाई कारवाही गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिमा स्थिति नियन्त्रणमा आएको छ ।

भने हाल चालक मोरङ उर्लाबारी नगरपालिका-३ का ३२ बर्षीय चुडामणी भण्डारीलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तलगायत स्थानीयले पीडितलाई थप क्षतिपूर्ति र दोषीलाई कडा सजाय नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्