गण्डकी प्रदेश: विशेष अधिवेशन बोलाउन माग



न्युज अफ नेपाल, काठमाडैँ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

अविश्वासको प्रस्ताव छल्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले रातारात अधिवेशन अन्त्य गरेका थिए । तर, बिहिबार गुरूङविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।अविश्वासको प्रस्ताव दर्ता भएको ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्