गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । गुरूङविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएसँगै सभाको चालु अधिवेशन अन्त्य गरेपनि गुरूङले प्रस्तावको सामना गर्नुपर्ने भएको छ । गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले रातारात अधिवेशन अन्त्य गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता भएको ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । त्यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ । प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्