चोरीको आरोपले ‘करणी’ पछि हत्या



मोतीराम तिमल्सिना, काभ्रे ।

एकै रात दुई महिलाको हत्या गर्ने अपराधिक समुहका सदस्यहरुलाई प्रहरीले पक्रउ गरेको छ । सडकमै बस्ने महिलाहरुलाई सडकमै बस्ने बालबालिकहरुको समुहले जर्बजस्ति करणी पछि हत्या गरेको खुलासा भएको हो ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले सडकमा रहेर कवाडी संकलन गर्ने महिलाहरुलाई सडकमै रमाउने बालबालिकाहरुको समुहले जर्बजस्ति करणी पछि हत्या गरेको स्विकारेको जानकारी दिनु भएको छ । ‘बालबालिकाहरुकै सूचनाका आधारमा अपराधमा सलग्न सबैलाई पक्राउ गर्न सफल भयौं’– प्रहरी निरिक्षक तिमल्सिनाले भन्नुभयो–‘जिल्ला प्रहरी कार्यालयको थप सहयोग, फरेन्सिक विज्ञहरुको सुझाव र अध्ययन, बालबालिकाहरुको गोप्य सूचना सहितको अनुसन्धानले हत्यामा संलग्न सबै सदस्यहरु पक्राउ परेका छन् ।’

२०७७ चैत्र २१ गते बनेपा नगरपालिका वडा नम्वर ८ स्थित पुण्यमाता खोला किनारमा रहेको बस भित्र कर्तव्य गरी हत्या गरिएकी महिलाको सम्बन्धमा प्रहरीलाई प्राप्त सुचनाका आधारमा तत्काल घटनास्थलमा प्रहरीको टोली पुग्यो । २०७७ चैत्र २२ गते विहानको २ बजेको समयमा बनेपा नगरपालिका वडा नम्वर ८ स्थित पार्किङ गरी राखेको बा २ ख २४२७ नम्वरको बस भित्र अन्दाजी ३५/४० की दाहिने निधारको भागमा चोट, घाटी थिचिएको जस्तो निलडाम तथा छातिको दाहिने भागमा चोट भएकी महिला मृत अवस्थामा फेला परिन् ।

इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अनुसन्धान टोलीको अवलोकन पश्चात र प्रारम्भिक अनुसन्धानमा जबरजस्ती करणी पछि हत्या भएको जस्तो देखिएको थियो । घटनाको गम्भिरतालाई मनन गरी प्रमाण संकलन र अनुसन्धान कार्य थप प्रभावकारी तरिकाले गर्न प्रहरीले तत्काल धुलिखेल अस्पतालबाट फोरेन्सिक मेडिसिन बिभागको विशेषज्ञ टोली झिकायो । प्रहरीले घटनास्थलमा फेला पारेको यौन बर्दक सामानहरु, रगत लागेको ढुङ्गा लगायताका अन्य प्रमाणहरु जुटायो ।

बनेपा नगरपालिकाको वडा एरियामा विगतमा घटेका घटनाहरु र मृतक समेत आफै सडक मानव भएकाले हत्यामा दुब्र्यसनी/कुलतमा परेका तथा सडक बालबालिकाहरुको संलग्नता हुन सक्ने प्रारम्भिक अनुसन्धान गरी प्रहरीले बिशेष सुराकी परिचालन गरी घटनास्थल आसपासको क्षेत्रबाट घटना बारे सुचना भएका १०÷१२ बर्षका तीन बालकहरुलाई पक्राउ गरी सोधपुछ गर्‍यो । बालकहरुले २०७७ चैत्र २२ गते बिहान ७ बजेको समयमा बनेपा नगरपालिका वडा नम्वर ७ गोदामचोक स्थित बि.एल कवाडी पसल अगाडी पुरानो बस भित्र एक जना महिलालाई म लगायत अन्य साथीहरु मिली हत्या गरेको जानकारी गराएको बताए ।

बालकहरुलाई कौतुहल्ता लागी एकिन गर्न १० बजे तिर सोहि स्थानमा गए । महिलाको लाश देखे पश्चात स्थानिय मार्फत प्रहरीलाई खबर भएको थियो । बालकहरुको सुचनाको आधारमा हत्या गर्ने बालक दिउसो पक्राउ परे । गोदामचोक स्थित वि.एल कवाडी पसल नजिकै बाट थप तीन जना पक्राउ परेका थिए । सडक बालबालिकाको समुह प्रत्येक दिन कवाडी संकलन गर्ने, माग्ने, बेला मौकामा चोरी पाकेटमारी गरी दैनिक गुजारा गरी बनेपा आसपास शहरका बिभिन्न पाटी पौवा, सडक पेटी, पुराना गाडीहरुमा बास बस्ने गरेको बयान दिएका थिए ।

सोहि दिन रातिको समयमा पुल बजारबाट पुन्यमाता कोरिडर हुदै उक्त बसमा रात बिताउन भनि छिर्दा बस भित्र मदिराले लट्ठ भएकी महिला देखि त्यो समुहमा रहेका १७ बर्षिय एक बालकले महिला संग शारिरीक सम्पर्क गरेका थिए । १७ बर्षिय बालकले १७ बर्षकै बालिकासँग बनेपाको चण्डेश्वरी मन्दिरमा गएर विवाह गरेका थिए । आफ्नो श्रीमानले आफुसँग शारिरिक सम्पर्क नराखी अर्की महिलासँग सम्पर्क राखेको विषयले उनिहरु बीच झगडा भयो । उनै महिलाले बस भित्र सुतिरहेकी महिलालाई हातपात गरिन् ।

सुरुमा आक्रोशमा आई घाँटी थिच्न शुरु गरेका थिए । जसले सम्पर्क राख्यो उसैले महिलाको घाटी थिच्यो । अर्काे बालकले महिलाको खुट्टा समाती छातीमा ढुङ्गाले प्रहार ग¥यो, अर्काेले मुम थुन्यो त्यस पछि अर्की महिलाले निधारमा ढुङ्गाले प्रहार गरी हत्या गरे । आँखै अगाडी आफ्नो श्रीमानले अर्की महिलासँग शारिरिक सम्पर्क राखेको विषयमा भएको विवादमा सबै मिलेर मदिराले लठ्ठ भएर बस भित्र सुतिरहेकी महिलाको हत्या हुन पुग्यो ।

हत्या पछि सबै लाखापाखा लागे । प्रहरीले सबैलाई पक्राउ गरे पनि महिला पक्राउ गर्न सकेको थिएन । बालकहरुले महिलालाई चारजना मिलि कुटिपट गरी मारेको स्विकार गरेका छन् । सोहि दिन राति बनेपा नगरपालिका वडा नम्वर ८ बसपार्कमा कर्तव्य गरी हत्या गरिएकी महिला र बसमा सुतिरहेकी महिला साथी भएको खुलेको छ । दुबै जनाको एकै रातमा हत्या भएको छ । घटनामा संलग्न सडक बालबालिकाहरु तथा सडक मानव दुई जना महिला प्राय संगै खाने बस्ने सुत्ने गरी समुह बनाएर हिडडुल गर्ने गरेका थिए ।

सडक बालबालिकाहरुले २०७७ चैत्र २१ गते पुल बजार नजिक पुण्यमाता खोलामा अत्यधिक मदिरा सेवन गरेकी पुर्णकला भन्ने पुजा दमाईले निजहरुलाई चोरीको आरोप लगाएकोले निजहरु बिच बिवाद भई निज महिलालाई धकेली खोलामा खसाई दिएका थिए । पुर्णकला भन्ने पुजा दमाई आफै खोलाबाट निस्के पश्चात निज महिलाले रोशन भन्ने बिजय तामाङलाई बनेपा बसपार्कमा लुगा पाईन्छ भिजेको लुगा फेर्न जाउ भनि पुलबजारबाट रोशन भन्ने बिजय तामाङलाई सगै लगेको भनि सोहि समुहका रविन्द्र खड्काले प्रहरीलाई जानकारी दिएका थिए ।

पक्राउ गरिएका सडक बालबालिकाहरुबाट २०७७ चैत्र २१ गते रातको समयमा बर्ष २२ का रोशन भन्ने बिजय तामाङले आफुलाई चोरीको आरोप लगाएको रिसको झोकमा अत्याधिक मदिरा सेवन गरेकी पुर्णकला भन्ने पुजा दमाईलाई बनेपा नगरपालिका कार्यालय स्थित रहेको बसपार्कको पश्चिम पट्टी सडक पेटीमा कन्चट, छाती लगायत शरीरका बिभिन्न संवेदनशिल अङ्गहरुमा प्रहार गरेका थिए ।

पक्राउ परेका सडक बालबालिकाहरुको सुचनाका आधारमा अभियुक्त बिजय तामाङलाई जिल्ला भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नम्वर ८ सिपाडोल स्थित निजको डेरा गरी बस्ने कोठाबाट प्रहरीले पक्राउ गरेको छ । पुर्णकला भन्ने पुजा दमाईको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । मृतक महिलाहरु बिच नजिकको सम्बन्ध रहेको पक्राउ परेका सडक बालबालिकाहरु तथा स्थानियहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्