राष्ट्रिय झण्डा फहराउँदै एकताको आह्वान (फोटो फिचर)



न्युज अफ नेपाल काठमाडौं ।

विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै चोभार डाडाको चम्पादवीस्थित सामाजिक सद्भाव तथा राट्रिय एकता अभियान संस्थाले नयाँ वर्षमा एक कार्यक्रम गरि मनाएको छ ।

चम्पादेवी डाडामा मन्जुश्री र राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरणकाे लागि ध्यान गरेका थिए । त्यसैलाई प्राथामिकतामा राख्दै २०६८ साल देखि सामाजिक सद्भाव एकता अभियानले हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नाराका साथ यो कार्यक्रम गर्दै आएको छ ।

संस्थाका संयोजक ध्रुव बस्ने ,रामकृष्ण श्रेष्ठ, सत्यनारायण मान्नधर, लगाएको उपस्थितमा झण्डा फहराउँदै कार्यक्रम समपन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्