डिस्नील्यान्डमा कसैले पनि चिच्याउन नपाइने



न्युयोर्क, (एजेन्सी)

अमेरिकामा कोभिड १९ महामारीको कारण एक वर्षसम्म बन्द गरिएको थिम पार्कहरू अझै बाँकी रहेको कोरोना संक्रमणलाई फैलिन नदिने नयाँ नियम पालना गर्ने गरी खुल्नलागेका छन् । त्यस्ता थिम पार्कहरू पुन खोल्न निर्देशिका तयार पार्ने जिम्मेवार निकाय क्यालिफोर्निया एट्रक्सन एन्ड पार्कस एसोसियसन (क्यापा)ले भनेको छ , ‘डिस्नील्यान्डलगायत सबै पार्कहरूले रोलिंग कोस्टरमा बस्दा डराए पनि आगन्तुकहरूलाई चिच्याउन दिन पाइने छैन ।

मुख र नाकबाट थुकका छिटा अन्य व्यक्तिहरूमा पर्न नदिन त्यस्ता पार्कमा घुम्न आउने सबैलाई मास्क लगाउनु अनिवार्य गरिएको छ । साथै धेरै आगन्तुकहरूलाई एकैपटक भेला हुनबाट रोक्न हामीले पार्कहरूलाई थोरै संख्यामा मात्र रोलिंग कोस्टर सञ्चलनमा ल्याउन आग्रह गरेका छौं । ’

यो निर्देशिका गोल्डेन स्टेटलगायत, सिक्स फ्ल्याग्स म्याजिक माउन्टेन, नोट्स बेर्री फार्म, लेगोल्यान्ड क्यालिफोर्निया र सि वल्र्ड सान डियगोका पार्कहरूमा पनि लागु हुने बताइएको छ । तर, क्यापाको सदस्य नरहेका अन्य स्वतन्त्र पार्कहरूमाथि भने यो निर्देशिका लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस्