दहीचिउरे र स्वार्थी जनता



कतिपय नेपाली जनता सत्ताका पुजारी, दहीचिउरे, अवसरवादी र स्वार्थी छन् । तुलना गर्दा को ठीक र को बेठीक भनी मूल्यांकन गर्न नसक्ने छन् ।

मासु–भात, रक्सी र भत्तामा बिकाउ छन् । मुलुकको अस्मितालाई छोडी दिऊँ, बेच्न पाए भने आफ्ना आमा, छोरीबेटी र दिदीबहिनीलाई समेत बेच्न पछि पर्दैनन् । के वास्तविकरूपमा वि.सं. २०६२-०६३ पछि मुलुकले पाउनुपर्ने निकास पाएको छ ? मुलुकलाई आजको अवस्थासम्म ल्याउन जिम्मेवार र दोषीहरु नै नेपाली नागरिक हुन् ।वि.सं. २०६२-०६३ बाट आजसम्म समीक्षा गर्दा मुलुकमा नेताहरू नै निरंकुश हुन् भन्ने कुरा प्रमाणित भएको अवस्था छ । नेताहरूको तुलनामा राजा ज्ञानेन्द्र शाह त्यागी हुन्, राजगद्दी त्याग गरे । यसकारण अब राजा ज्ञानेन्द्र शाह र सेनाहरु मिली मुलुकको कार्यभार सम्हाल्नुपर्ने अवस्था आएको छ ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रवादी हुनु नराम्रो होइन तर हाम्रो मुलुकका नेताहरूबाट नै मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरियो । दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । हाम्रो मुलुकमा दलीय व्यवस्थालाई खाने पेसा बनाई बार्गेनिङ गर्ने थलो बनाइएकोले दलीय व्यवस्था अफापसिद्ध भएको छ । अन्तरात्मालाई साक्षी राखी भनौं, वि.सं. २०६२÷०६३ पछि मुलुकले निकास पायो त ?
– राकेशकुमार शर्मा, हेटौडा 

प्रतिक्रिया दिनुहोस्