गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी



न्युज अफ नेपाल काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज (बिहीबार) अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन सहमत माओवादी केन्द्र र कांग्रेसका अहिले छुट्टाछुट्टै बैठक बसिरहेका छन्। अविश्वास प्रस्ताव दर्ताअघि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदको संयुक्त बैठक बस्ने जानकारी उनले दिए।

यस्तै माओवादी केन्द्रकी प्रदेश सभा सदस्य आशा खनालले पनि आज कार्यालय समयमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्