वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु



न्युज अफ नेपाल ,वीरगञ्ज ।

वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आज विहीबार बिहान आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको थियो । मोटोपन बढी रहेको उनमा ज्वरो आउने, पखाला चल्ने लगायतका समस्याहरु उाीका देखा पर्थो ।योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्